काठमाडौ।
पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् ।

दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार दुई विदेशी नागरिकमा यो भेरियन्ट देखिएको हो। जसमा नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय विदेशी नागरिक रहेका छन्।

उनीहरु दुवैले दुवै खोपको मात्रा लगाएको खुलेको छ। उनीहरु नेगेटिभ पीसीआर रिपोर्ट लिएर नेपाल आएका थिए। तर नेपालमा गरिएको परीक्षणमा उक्त भेरियन्ट भेटिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x