• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    बागलुङ हिडेको बस स्थानीयको गोठमा खस्दा चालकको मृत्यु, १० जना घाइते


    २०७८ मंसिर १४, मंगलबार

    २०७८ मंसिर १४, मंगलबार

    कास्की।
    जिल्लामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरमा मंगलबार बिहान ७ बजे भएको दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

    भैरहवाबाट बागलुङका लागि छुटेको लु १ ख ७७६६ नम्बरको बस सडकबाट ३० मिटर तल खसेको हो ।दुर्घटनामा घाइते भएका चालक पाल्पाका ४६ वर्षीय भुपनाथ खनालको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    बस स्थानीय जुमकाजी विकको गोठ, भान्सा र शौचालयमाथि खसेको थियो । घाइतेको पोखराको क्षेत्रीय अस्पताल, फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

     

    मिल्दो जुल्दो खबर