नुवाकोट।
नेपाली कांग्रेसका आसन्न १४ औँ महाधिवेशनको लागि हिजो भएको नुवाकोट क्षेत्र नं १ प्रदेश ‘ख’मा उम्मेदवार छनौटका लागि भएको मतदान सकिएर मतगणना कार्य समेत सम्पन्न भएको छ ।
मतगणना सकिए संगै सभापतिका उम्मेदवार राम जी पौडेलले १०७ मतले बिजय हासिल गरेका छन् । रामजी पौडेलले २७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ऋषि कुमार तामांगले १७० मत प्राप्त गरेका हुन ।

यस्तै उपसभापतिमा पौडेल प्यानलकै दिपक लामा र रबिन्द्र तामांगले भारी मतले जितेका छन् भने सचिबमा नित्य राज ढुंगाना र सुर्य बहादुर तामांगले बिजय हासिल गरेको ने बि संघ नेता कृष्ण मिश्रले जानकारी दिए ।

सह सचिब पदमा रामजी पौडेल समूहका सुन्दर श्रेष्ठ र सचिन्द्र कुमार लामिछानेले बिजय हासिल गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x