
नुवाकोट ।
जिल्लाको विदुर ४ बट्टारमा बिपरित दिशाबाट आएका दुई पल्सर मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस अगाडी विपरित दिशाबाट आइरहेका दुई पल्सर मोटरसाईकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाईकलका चालक गम्भीर घाइते भएको घटनाका प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।घाइतेलाई स्थानिय संजीवनी अस्पतालमा उपचारको लागि लगिएको छ ।