नुवाकोट।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समुहले पेट्रोलियम पदार्थमा लगातार भएको मुल्यवृद्वी विरुद्ध कार्तिक ३० गते नेपालबन्दको घोषणा गरेको छ।महासचिव विप्लवद्वारा हस्ताक्षरित एक विज्ञप्ति उक्त कुराको जानकारी गराइएको हो।

विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ; “जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने वाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसावले मूल्य वृद्धि गरियो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि वृद्धि हुनेछ ।भखरै भएको मूल्य वृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन् ।हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन ।तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ ।साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ ।”

विज्ञप्तिको पुर्णपाठ सहित :

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय