
वि.सं. २०७८ कार्तिक २५ । ई.सं. 2021 Nov 11 ।शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । सम्बतर – राक्षस । दक्षिणायन । शरद । बिहीवार । कार्तिक शुक्लपक्ष । तिथि – सप्तमी, १२ बजेर १० मिनेट उप्रान्त अष्टमी । नक्षत्र – श्रवण, साझ ८ बजेर ४२ मिनेट उप्रान्त धनिष्ठा । योग – गण्ड, १ बजे उप्रान्त वृद्धि । करण – वणिज १२ बजेर १० मिनेट देखि भद्रा, रात्री ११ बजेर २४ मिनेट उप्रान्त कौलव । चन्द्रराशि – मकर । आनन्दादि योग – ध्वज । दिनमान २७।०३ । सूर्योदय बिहान ६ बजेर २२ मिनेटमा हुनेछ । सूर्यास्त साझ ५ बजेर १२ मिनेटमा हुनेछ । आज फाल्गुनन्द जयन्ती ।
आज चन्द्रमा मकर राशीमा भएकोले कुनै शुभ कार्य गर्दा पुर्व वा दक्षिण दिशा फर्केर गर्नु राम्रो हुनेछ ।
आजको राशिफल:
मेष
काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुने छैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
मेष राशिको लागि शुभ खैरो रंग शुभ हुनेछ भने ( नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
वृष
परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जाने छैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
वृष राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने $ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
मिथुन
धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् ।
मिथुन राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
कर्कट
मनमा असन्तोष बढ्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।
कर्कट राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
सिंह
स्वास्थ्य राम्रो रहनेछ ।मनमा शुखको अनुभुति हुनेछ ।सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ ।गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ ।
सिंह राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
कन्या
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्नेछ । शत्रुपक्ष वलवान हुनेछन ।
कन्या राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
तुला
आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।
तुला राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
वृश्चिक
मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुनेछ ।
वृश्चिक राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
धनु
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।
धनु राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
मकर
स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।
मकर राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
कुम्भ
धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
कुम्भ राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
मीन
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
मीन राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।