मकवानपुर।
देउसी खेलेर फर्किदै गरेका लोकदोहिरी प्रतिस्ठानका कलाकार चढेको बस दुर्घटनामा परेको छ।गएराति सवा १ बजे मकवानपुरको बकैया गाउँपालिका-४ मा बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस दुर्घटनामा भएको हो।
देउसी खेलेर हेटौँडा फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरका ३२ जना कलकार चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ भने घाइतेहरुको हेटौंडा र चितवनका विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।