काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता समेत रहेका पुर्व सभामुख कृष्ण बहादुर महराले ५५ अर्व हैन, ५५ खर्ब नै आएपनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रेस सेन्टर रोल्पाको पाँचौ जिल्ला अधिवेशनलाई लिवाङमा सम्बोधन गर्ने क्रममा महाराले कुनै पनि हालतमा एमसीसी नेपालको पक्षमा हुन नसक्ने भन्दै उक्त कुरा बताएका हुन् ।

देशमा केही शक्तिहरूले ५५ अर्व त्यति ठूलो रकम फिर्ता गर्नु हुँदैन भनिरहेका छन् ।तर एमसीसीबाट ५५ खर्व नै सहयोग प्राप्त भएपनि त्यो देशको स्वाधिनता भन्दा माथि हुन सक्दैन; महराले भनेका छन।

पमहराले सम्बोधनका क्रममा आफ्नो अधिकांश समय राष्ट्रिय स्वाधीनताको वकालत गर्दै;एमसीसी विशुद्ध विकास कार्यक्रम नभएर सैनिक रणनीतिसंग जोडिएको बताए ।हाम्रो देशबारे अरु देशको राजधानीमा किन छलफल हुन्छ भन्दै प्रश्न गरे ।त्यसैगरी महाराले पत्रकारहरूले कुनै दल र दलको नेताबाट प्रभावित नभएर देश र जनताको पक्षमा लेख्नुपर्ने समेर बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x