नुवाकोट।
नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।प्रहरीले नुवाकोट को दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने राम बहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरेको हो।
खान, बस्न र राम्रो तलबको प्रलोभन देखाएर भार तको नयाँ दिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठी मा पुर्याएर बिक्री गरको पीडितको जाहेरीका आधा रमा तामाङलाई पक्राउ गरिएको हो ।
मानव बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोग मा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौं ल्या इएको थियो ।पीडितले विसं २०७८ वैशाखमा दिए को जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिए को प्रहरीले बताएको छ ।
पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ ।