काठमाडौ।
नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य महेश बस्नेतले काँग्रेसलाई आगामी निर्वाचनमा सिंगल–सिंगल लड्न चुनौती दिएका छन् ।उनले गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्न चुनौती दिएका हुन् ।

सोमबार प्रेस चौतारी नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको ताजा जनादेश पाउनका लागि निर्वाचनमा जानुबाहेक विकल्प नरहेको पनि बताए ।काँग्रेस फेरि गठबन्धन बनाउने र एमालेलाई हराउने ‘डिजाइन’को साथमा आए ‘हरिविजोग’का साथ हार बेहोर्ने उनको भनाइ थियोे ।

बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै केपी ओलीले देखाएको बाटो हिँड्न नसकेकै कारण समस्या भएको बताए ।प्रचण्डले दुई वर्ष कुर्न सकेको भए उहाँ झण्डै दुई तिहाई जनमत होल्ड गर्न सक्ने प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो,’ उनले भने, ‘तर, उहाँले विभिन्न रणनीति खेलेर भुइँमा पछार्ने काम गर्नुभयो ।’उनले अहिलेको गठबन्धनको सरकार जति लम्बिँदै गयो, केपी ओली र एमाले उतिनै ‘हाईलाईट’ हुने दाबीसमेत गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय