
नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ६ पुरानोपानीमा जारी नवौं भंगेरी कपको उपाधी मैबल ‘ए’ ले जितेको छ।४-० को फराकिलो गोल अन्तरले सकिएको खेल।गत असोज २३ गतेबाट शुरु भएर आज समापन गरिएको हो।
म्यागङ गाउँपालिका भित्र कै सर्वाधिक धनराशि (१,१०,०००/-) को उक्त प्रतियोगितामा २० टिमको सहभागीता रहेको थियो।
सुर्यबहादुर तामाङको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथीमा म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ बिशिस्ट अतिथी उपप्रमुख शान्ती लामा तथा खेल संयोजक बिरबहादुर तामाङको उपस्थिति रहेको थियो।