काठमाडौ।
मान्छे पासो लागेर मरेको डोरि महंगोमा बिक्रि हुन्छ भन्ने अन्धबिश्वासका कारण हत्यारा बनेकाहरु पक्राउ परेका छन् ।ललितपुर -२७ सुनकोठिमा नुवाकोट बेलकोटगढी -९ का ४५ बर्षिय कमला तामाङको डोरिले घाँटी कसेर हत्या गर्ने ३ जनालाई महानगरीय अपराध महासाखाले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले अनुसन्धानको सिलसिलामा मोरङ पथरी शनिश्चरे नगरपालिका-८ मंगलबारे घर भई हाल ललितपुर महानगरपालिका-२८, हरीसिद्धि बस्ने वर्ष-२० को सुमन मगरलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट मिति २०७८/६/२१ गते पक्राउ गरिएको ।उनको प्रारम्भिक वयानको आधारमा उक्त घटनामा संलग्न जिल्ला मकवानपुर,रक्सिराङ गाउँपालिका-५, प्याङचे टोल घर भई ललितपुर महानगरपालिका-२८, हरिसिद्धि, नयाँबस्ती बस्ने वर्ष २३ को सबिन प्रजा र निजकी श्रीमती वर्ष १८ की प्रविना प्रजा माझीलाई महाशाखाबाट खटिएको टोलीले मकवानपुर,मनहरी गाउँपालिका-७ बाट असोज २२ गते पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने कुराहरू सुनी सोही अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमन मगरको पुर्व चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी,टहरामा एक्लै बस्ने मृतक कमला तामाङलाई मिति २०७८/५/२४ गते साँझ १६:३० बजे मृतकको टहरामा गएर खानपिन (मापसे) गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेको र हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटी फरार रहेकोमा घटनामा संलग्न सविन प्रजा, सुमन मगर र प्रविना प्रजा माझीलाई पक्राउ गरी थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय