
नुवाकोट।
वि सं २०७८ साल असोज १७ गते, आइतबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार ३ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– द्वादशी, १९ः५९ बजे उप्रान्त त्रयोदश । नक्षत्र– माघा, २६ः२३ बजे उप्रान्त पूर्वफाल्गुन। योग– साध्य १६ः०२ उप्रान्त शुभ। करण– कौलव ८ः०२बजेदेखि तैतिल, १९ः५९ बजे उप्रान्त भाद्र । काठमाडौंमा सूर्योदय बिहान ५ः५८, सूर्यास्त बेलुकी ५ः४६ बजे ।
मेष : आर्थिक उन्नति हुने छ । व्यापार व्यवसायमा समृद्धिको योग छ । पारिवारिक मनोरञ्जनामा समय बित्ने छ ।
वृष : व्यापार व्यवसायमा समृद्धि हासिल हुने छ । विद्यार्थीको लागि राम्रो समय रहेछ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।
मिथुन : पारिवारिक किचलो बढ्ने छ । आर्थिक क्षेत्र त्यत्ति राम्रो रहने छैन । मित्रजनको सहयोगले रोकिएका कामहरू बन्ने छन् ।
कर्कट : कार्य क्षेत्र सफलता हासिल हुने छ । सामान्य कुरामा पनि विवाद हुने देखिन्छ । बोलिमा संयता अपनाउनु होला ।
सिंह : आम्दानी भन्दा खर्च बढ्ने छ । बोलिको प्रभाव बढ्ने छ । राजनैतिक क्षेत्र राम्रो रहने छ । वैदेशिक कार्य बन्ने छन् ।
कन्या : आर्थिक समृद्धि साथै सामाजिक प्रतिष्ठा मिल्ने छ । मध्यान्तदेखि स्वास्थ्यका कारणले गर्दा महत्वपूर्ण भेटघाटमा रोकिने छ ।
तुला : स्वास्था तथा पारिवारिक समस्या झन्झटले गर्दा कार्यमा समस्या आउने छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहने । मित्रतामा समस्या आउन सक्ने छ ।
वृश्चिक : सोचेको भन्दा राम्रो कार्य तथा दिन बित्ने छ स्वास्थ्य राम्रो रहने छ । पारिवारिक भेटघाट हुनाले मनमा उत्साह थपिने छ । सन्ध्याकाल देखिभने पेटमा सामान्य समस्या आउने देखिन्छ ।
धनु : प्रेम प्रेमिकाबीच दुरी बढ्ने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्र केही किचलो रहन सक्नेछ । राजनैतिक क्षेत्रमा भने सफलता प्राप्तहुने छ ।
मकर : वैदेशिक कार्य तथा यात्राको अवसर मिल्नेछ । केही खराव संगतले गर्दा दिनभर नै तनावपुर्ण वित्नेछ । व्यापारिक दृष्टिले महत्वपूर्ण भेटघाट हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समयरहने छ ।
कुम्भ : आर्थिक समस्यामा बढेर जानेछ स्वास्थ्यमा सुधार हुनाले रोकिएका कार्यहरु बन्नेछन् । प्रेम सम्बध प्रगाढ बनेर जानेछ । अध्ययन अध्यापनका लागि अगाडि बढ्नु राम्रो रहेछ ।
मीन : व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । सामाजिक दायित्व बढ्ने छ । नसोचेको ठाउँदेखि आर्थिक सहयोग प्राप्त हुने छ । प्रेम सम्बन्ध प्रगाढ रहे । स्वास्थ्यमा सामान्य समस्या आनेछ ।