कपिलवस्तु।
जिल्लाको विजयनगर गाउँपालिकाको एक विद्यालयमा प्राथमिक तह स्तरको शिक्षकको जागिर खान सात लाख रुपैयाँ घुस मागिएको खुलेको छ ।

गाउँपालिकाको वडा नं -३ जगदीशपुरमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि प्रधानाध्यापक मुनिजर हसनले सात लाख रुपैयाा घुस मागेको भन्दै न्यायिक समितिमा उजुरी नै परेको छ ।

सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीले छोरा विवेक चौधरीको नियुक्तिका लागि प्रधाना ध्यापकलाई छ लाख रुपैयाँ बुझाएको र एक लाख रुपैयाँ नियुक्तिपछि बुझाउने मौखिक सहमति भए को लडाइँप्रसाद चौधरीले बताए ।

घुस दिसकेपछि हसनले  विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै चौधरीलाई विद्यालय व्य वस्थापन समितिसँग भेट गर्न पठाएका थिए । व्यव स्थापन समितिले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिन आग्रह गरेपछि लडाइँ छोरालाई जागिर खुवाउनबाट पछाडि हटेका थिए ।घुस र चन्दा दिनु पर्ने भएपछि लडाइँले घुसबापतको छ लाख रुपैयाँ फिर्ता मागेका थिए ।

११ लाख रुपैयाँ दिन नसक्ने र यो  विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाका लागि नपठा एको उनको भनाइ छ ।आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उ क्त रकम दिएको चौधरीको भनाइ छ ।

विद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्ष क नभएको बताए ।‘ममाथि लगाइएको आरोपस मेत झुटो हो ।उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जा नकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने । प्रअले शिक्षक नभएको दाबी गरे पनि लडाइँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल नेता वीरेन्द्रकुमार कनोडियाले व्यक्ति गत रूपमा तलब दिएर विद्यालयमा पढाउँदै आए का थिए ।

‘प्रअलाई घुस दिनका लागि शिवराज नगरपालिका पकडी घर भएका चिन्के प्रधानसँगै घर पुगेको थिएँ ।उनलाई देखेपछि एक्लै आउन भनेका थिए ।८ का त्तिकमा माछापुच्छ्रे बैंक चन्द्रौटा शाखाबाट चेकमा र्फत निकालिएको छ लाख ३० हजारमध्ये ३० हजा र घर खर्च राखी बाँकी प्रअ हसनलाई बुझाएको थि ए’, शिक्षक लडाइँले बताए ।

घटना सार्वजनिक भएपछि प्रअ हसनसँग स्पष्टीक रण माग्दै अनुसन्धान सुरु गरेको विजयनगर गाउँपा लिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्ट राईले बताए । घटनाको विषयमा आज (बिहीबार) गाउँपालिका न्यायिक समितिमा उजुरीसमेत परेको छ । रकम लिएको पुष्टि भएमा प्रअलाई कानुनअ नुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।यो समाचार माउन्टेन टिभी ले प्रसारण गरेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय