नुवाकोट।
अब ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ मात्रै तिरे हुने भएको छ। मंसिरदेखि लागू हुने नयाँ महसुल दर आज सार्वजनिक भएको हो।

जस अनुसार सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै लिने भएको हो।आज बुधबार एक कार्यक्रम गर्दै विद्युत् नियमन आयोगले नयाँ महसुल दर सार्वजनिक गरेको हो।

सर्भिस चार्जबापत ३० रुपैयाँ लिने ग्राहक नै करिब २२ लाख हुने आयोगको भनाई छ। आयोगले इन्डक्सन चुलो तथा विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिट अनुसारको स्ल्याबमा समेत महसुल दर घटाएको छ। त्यसैगरी सिंचाइका ग्राहकको महसुल पनि घटेको छ।

इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने आयोगले बताएको छ।अबदेखी २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x