नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर २ बुङताङमा रक्तदान कार्यक्रम हुने भएको छ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो।

यहि कार्तिक १२ गते क्लब भवन वडा कार्यालय बुङताङमा हुन लागेको रक्तदान कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने जनाइएको छ।

त्यस्तैगरी काउले उपशाखा नुवाकोट तथा ठूलो गाउँ उपशाखा र विपद ब्यवस्थापन समिति रसुवाको संयुक्त आयोजनामा यहि कार्तिक १३ गते किस्पाङ गाउँपालिका वडा नम्बर ५ शान्ती बजारमा पनि वृहत् रक्तदान कार्यक्रम हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x