• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    रसुवाको सबै स्थानीय तहमा एमाले अधिवेशन सम्पन्न


    २०७८ कार्तिक १०, बुधबार

    २०७८ कार्तिक १०, बुधबार

    रसुवा।
    जिल्लाको पाँच गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

    अधिवेशनले गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा दावामिङमर तामाङ, उपाध्यक्षमा कामीनुर्वु तामाङ, सचिवमा दावासिदार वाइवा, उपसचिवमा उर्केन तामाङ र प्रतिमा लामा चयन भएका छन् ।

    कालिका गाउँपालिका अध्यक्षमा टीका देवकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा विक्रम लोप्चन तथा उपसचिवमा दावा लाक्पा तामाङ र हरिमाया अधिकारी पौडेललाई चयन गरेको छ ।

    नौकुण्ड गाउँपालिकामा अध्यक्षमा  हितबहादुर न्यौपाने, उपाध्यक्ष चन्द्र तामाङ, सचिव कार्बो थोक्रा, उपसचिव सिर्जना लामा र पेम्बा नेगी चयन भएका छन् ।

    उत्तरगया गाउँपालिका अध्यक्षमा टुकु सुवेदी, उपाध्यक्षमा मार्सिङ तामाङ, सचिवमा बासुदेव न्यौपाने, उपसचिवमा सुमन आचार्य र आयुषा गुरुङ चयन भएका छन् ।

    आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षमा फुर्पुसिङ्गी तामाङ, उपाध्यक्षमा ल्हाक्पा गोम्बो तामाङ, सचिव सितेम्बा तामाङ, उपसचिवमा पेम्बा छिरिङ तामाङ र बहादुर तामाङ चयन भएका छन् ।

     

     

    मिल्दो जुल्दो खबर