
काठमाडौ।
दसौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेकपा एमालेले आज मंगलबार देशभर पालिका (गाउँ/नगर) अधिवेशन गर्दै छ।केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज एकसाथ देशभरका स्थानीय तहमा अधिवेशन गरिने भएको हो।
अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे माइतिघर स्थित पार्टी केन्द्रीय कार्यालयबाट पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेकोे छ।