नुवाकोट ।
रसुवागढी पुग्ने सडकमा १ अर्ब रुपैयाँको लागतमा फ्लाइओभर निर्माण गरिने भएको छ।गल्छी, त्रिशुली,मैलुङ, स्याफ्रुवेशी,रसुवागढी सडक योजनाले त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस नजिकै फ्लाइओभर निर्माण गर्न लागेको हो।

आयोजनाका अनुसार उक्त खण्डमा करिव ४ सय मिटर सडक अत्यन्त साँघुरो चार मिटर चौडाइको मात्रै छ। विस्तार गर्न नमिल्ने अवस्था भएकाले फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको जनाएको हो।

आयोजनाले परामर्शदाता हायर गरेको बेसलाइन सर्भे अनुसार करिव ६ सय मिटर लम्बाईको फ्लाइओभर निर्माण गर्न लागिएको हो। फ्लाइओभरमा ३३ मिटरसम्म अग्ला १२ वटा पेयर हुनेछ।  चौडाइ ७.५ मिटर (दुई लेन) को हुनेछ।

आयोजनाले खरिद प्रक्रिया अघि बढाउन सडक विभागमा स्वीकृति लागि प्रस्ताव गरेको छ। विभागले स्वीकृत गरेपछि खरीद पक्रिया अघि बढाइने भण्डारीले बताए। आयोजनाले गरेको अध्ययनले उपयुक्त विकल्प फ्लाइओभर दिएपछि प्रक्रिया अघि बढाइएको हो।

यसैगरी ५ वटा ओभरहेड ब्रिजको इस्टिमेट तयार भइसकेको छ।  बजार, बस्ती क्षेत्र, पैदलयात्रुहरु धेरै हुने ठाउँहरुमा सडक पार गर्न ओभरहेड ब्रिज निर्माण गर्न लागिएको हो।

विदुर, बट्टार, ढुङगे, वेत्रावती, गंगटे, गल्छी , लगायतका स्थानमा निर्माण गर्न लागिएको हो। एउटा  ओभरहेड ब्रिजका लागि पाँच करोड लाग्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय