• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    कतारी राजकुमारी थानीद्वारा विना अक्सिजन मनास्लुको सफल आरोहण


    २०७८ असोज १४, बिहिबार

    २०७८ असोज १४, बिहिबार

    काठमाडौ।
    कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरेकी छन् ।हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले जनाए अनुसार राजकुमारी थानीले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल विना अक्सिजन सोमबार आरोहण गरेकी हुन् ।

    उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् ।

    कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए । उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जनाएको छ । टिममा ३२ जना आरोही रहेको जनाइएको छ ।

    इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्य सहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् ।तर, सगरमाथा आरोहणका लागि मौसम अनुकूल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन् ।

    राजकुमारी थानीले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जनाइएको छ ।

     

    मिल्दो जुल्दो खबर