नुवाकोट।
जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा तारकेश्वर गाउँपालिकामा (संगठन सुदृढीकरण तथा जनजागरण) सु ज अभियान उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ ।उक्त बैठकले संयोजकमा फुलहादुर तामाङ र सह-संयोजकमा रामजी आलेलाई चयन गरेको हो।

तारकेश्वर गाउँपालिकाको दाङसिङमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला सुज अभियानका संयोजक डा. भिमलाल तामाङको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रमको सभापतित्व कृष्ण प्रसाद घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा जसपाका केन्द्रिय परिषद सदस्य तथा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं. २ को सुज अभियानका संयोजक राजन बम, जिल्ला अध्यक्ष इश्वर रावत, भगवान राना, महिला संघको जिल्ला अध्यक्ष पैकुमाया तामाङको उपस्थिति रहेकोेको थियो ।यस्तै कार्यक्रममा जनता समाज समाजवादी पार्टी नुवाकोटका अन्य नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय