नुवाकोट /
टोपबहादुर रायमाझीको फोटो दुरुपयोग गरी फेसबुकको नक्कली एकाउन्ट खोलेर जथाभावी लेख्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले यसबारे अनुसन्धान थालेको हो।
फेक अकाउन्टबाट लेखिएको स्ट्याटसमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूको नाम जोडिएको छ।


रायमाझी पक्राउ परेपछि उनको नामबाट फेसबुकमा लेखियो, ‘म नेकपा माओवादी केन्द्रमा सचिव पदमा रहँदा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकारमा हुँदा भएको यो भुटानी शरणार्थी बनाउने प्रक्रिया २०७४ साल जेठ महिनाको सात गते नेपाली कांग्रेसबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा रामशरण महत, प्रकाश शरण महत, बालकृष्ण खाण, माओवादी केन्द्रबाट गृहमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कृष्ण महरा, लीलामणि पोख्रेल, वर्षमान पुन, शक्ति बस्नेत स्वयम् म टोपबहादुर रायमाझी बसेर यस योजना तयार बनाएको सम्पूर्ण नेपाली जनतालाई जानकारी गराउँछु।’

