काठमाडौ /
निर्वाचन आयोग नेपालले चुनाव चिन्ह नै नचिनेको हो कि चिनेर पनि जानी जानी उम्मेदवारलाई अर्कै चुनाव चिन्ह भिडाइएको हो ?आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार दिएका देव शर्माले चुनाव चिन्ह डोजर पाएका छन् ।


तर, चुनाव चिन्ह डोजर पाए पनि निर्वाचन आयोगले चुनाव चिन्ह डोजरको ठाउँमा रोड सम्याउने ‘रोलर’ दिएको छ। ‘डोजर भनेर रोलर चुनाव चिन्ह दिने आयोगको यो गैरजिम्मेवारी हो कि होइन ?,’ उम्मेदवार शर्माको प्रश्न छ ।
शर्माले चुनाव चिन्ह सच्याई पाउ भनेर आयोगमा निवेदन पनि दिएका छन् ।तर, चुनाव चिन्ह सच्चिएर भने आइपुगेको छैन।
उनि भन्छन् , ‘निवेदन दिएको छु तर, कहिले सच्याउनका लागि निर्वाचन अधिकृतको कार्यालय बिआइसीसी जानुस् भन्छ कहिले निर्वाचन कार्यालय पठाएर निर्वाचन शाखा जानुस् भन्छ ।अन्तिममा केही उपाय नलागेर निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाकहाँ पुगियो, उहाँले बल्ल सच्याउनका लागि तोक लगाउनुभएको छ ।तर, चुनाव चिन्ह सच्चिन्छ, सच्चिदैन केही थाहा छैन ।’रासस


