नुवाकोट /
साहित्यकार श्री भवानी नेपालको संयोजकत्वमा भक्तविर विश्वकर्माको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ ।



नेपालले आफ्नो फेसबुक एकाउन्टमा पीडित विश्वकर्माको तस्विर सहित उहाँको उपचारमा सहयोग गरिदिन आग्रह गर्दै शुक्रबार दिउँसो स्टाटस राखेका थिए ।
स्टाटस राखे लगत्तै स्वदेश तथा प्रवासमा रहेका नेपालीहरुबाट सहयोग जुट्ने क्रम सुरु भएको संयोजक नेपाललेनुवाकोट जागरणलाई जानकारी गराए।
यस अभियानमा साथ दिँदै सुनसरीको इटहरी –१२ खनार निवासी सुरेन्द्र चौधरी र अष्ट्रेलियामा आयुशा कट्टेलको संयोजकत्वमा पनि रकम संकलनको काम भइरहेको छ ।
यो समाचार तयार पर्दासम्म एकै दिनमा करिब एक लाख रुपैयाँ बराबरको बोलकबोल भइसकेको संयोजक नेपालले जानकारी गराए ।
यसैगरी उता बुर्जु गाउँ पालिकाले समेत विश्वकर्माको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेको छ ।एक गार्मेन्ट कम्पनीमा काम गरेर परिवारको गुजारा चलाउँदै आएका विश्वकर्माको श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् ।
सहयोग गर्न ईच्छुक व्यक्तिहरुले विश्वकर्मालाई सिधै सम्पर्क गर्न सकिने अथवा उनको बैँक खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।

भक्तवीर विश्वकर्मा (सुनसरी) : +९७७- ९८११३२०८८०
श्री भवानी नेपाल (युएई) : +९७१- ५८८२३८५९४
रकम सहयोगको लागि:
सिद्धार्थ बैंक : भक्तवीर विश्वकर्मा
खाता नम्बर: ०३०१५१५३०८९
