• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    १२ औं वाकाकप आजबाट शुरु (खेल तालिका सहित)


    २०७८ चैत्र २२, मंगलबार

    २०७८ चैत्र २२, मंगलबार

    धादिङ/
    जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा आजबाट १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिता हुन गहिरहेको छ ।

    १ लाख २५ हजार प्रथम, ६० हजार द्वितिय, फेमिफाईनल पुग्ने टिमलाई १५ हजार पुस्कार रहेको यस प्रतियोगितामा धादिङ नुवाकोट गरी विभिन्न जिल्लाका ३१ टिमले सहभागिता जनाउने दिपक तामाङले बताए ।

    छार वाका राहा युवा क्लवको आयोजनामा हुने यस प्रतियोगिताको उद्घाटन खेल संयोजक सुकबहादुर गुरुङले गर्ने छन् भने प्रतियोगिताको समापन बैशाख १ गते पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।

    यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले यस्तो खेल हरेक वर्ष गर्दै आएको संयोजक तामाङले बताए ।यो खबर dhadingpost मा छ।

    खेल तालिका:

    सम्बन्धित