नुवाकोट/
जाजरकोट भुकम्प पिडितको घाउमा डा. भिमलाल तामाङले खाद्यान्न र लत्ताकपडाको सहयोग गरेर मलमपट्टि गरेका छन।


गत कात्तिक १६ गते गएको भुकम्पबाट प्रभावित क्षेत्रको अबलोकन गर्न पुगेका डा. तामाङले आफ्नो परोपरकारी संस्थामार्फत भेरि नगरपालिका वडा नम्बर ३ र ४ स्थित भूकम्प पीडित १०७ घरपरिवारहरूलाई रहत स्वरुप जाडोमा ओढ्नको लागि ब्लाङ्केट, चामल, दाल, तेल आदि खाद्यान्न वितरण वितरण गरेका हुन् ।
जिल्लामा सामाजिक काम गर्दै चर्चा कमाइरहेका नेपाल समाजवादी पार्टीका राजनीतिक ब्युरो सदस्य डा. भीमलाल तामाङले पछिल्लो पटक जाजरकोट भुकम्पबाट प्रभावित भएकाहरुलाई पनि सहयोग प्रदान गरेका छन् ।


