“लेखेँ सुसेली
नेपाल आमालाई
दिएँ कोसेली ।”
सुख शान्ति मिडियाकाे आयाेजनमा २०८२ साल फागुन १४ गते राष्ट्रिय सुसेली फाउण्डेसनका अध्यक्ष दुर्गा अधिकारीकाे सभापतित्व, दिप्सन गाैडेलकाे प्रमुख आतिथ्यता भएको एक भब्य कार्यक्रममा ई. वेदप्रसाद गाैडेललाई सुसेली सम्राटकाे पदवी सहित सम्मान गरिएकाे थियाे । उक्त समारोहमा सम्पादक शिव शर्मालाई कुशल सम्पादक सम्मान प्रदान गरिएको थियो ।



उक्त कार्यक्रममा शिक्षाविद् इन्द्रविलास घिमिरे , व्याकरणविद पुरूषाेत्तम भण्डारी , वरिष्ठ साहित्यकार चन्द्रा न्याैपाने , सम्पादक शिव शर्मा , प्रकाशन धन गाैडेल, धरहरा अभियन्ता डा. ध्रुबप्रसाद गजुरेल, क्रान्तिकारी कवि रसुवाली कवि, सुसेली फाउन्डेसनकि उपाध्यक्ष सुशीला ढकाल अधिकारी , पूर्व सेनानी टङ्कबहादुर बजगाई खत्री लगायतकाे उपस्थितिमा अन्जली (वृहत् सुसेली काव्याञ्जलि ) काे लाेकार्पण सम्पन्न भयाे।
उक्त समाराेहमा जन्मदिन परेका साहित्यकारहरू कल्पना अधिकारी भट्टराई , साहित्यकार भाेजभक्त कडेल, दिप्सन गाैडेलकाे जन्मदिन र पार्वती रिमाल र राजन रिमालकाे वैवाहिक वर्ष उत्सव समेत धुमधामका साथमा मनाइएकाे थियोे। कार्यक्रममा सरस्वती अर्याल, सत्यनारायण ढकाल, रेखा महर्जन, सावित्री के.सी, विष्णु गुरूङ, भाेजभक्त कडेल र उमा विडारीले बेग्ला बेग्लै तरिकाबाट नेपाली मौलिकता झल्काउँदै सुमधुर स्वरमा सुसेलीहरू गाएर प्रस्तुत गर्नु भएकाे थियो ।टंकबहादुर बजगाई खत्रीले सुसेली सम्राट शासन गर्ने सम्राट नभएर शब्द सम्राट भएकाेले याेगदानकाे आदारमा सम्मान गर्नुपर्ने बताउनु भयाे।
समीक्षक धरहरा अभियन्ता, युग मानव डा. ध्रुवप्रसाद गजुरेलले पुस्तक भित्र ११०० गोटा भन्दा बढि सुसेलीहरू रहेका छन् भने ३३ गोटा शिर्षकहरूमा मिलाएर खुबै आकर्षक तरिकाले लेखिएको छ भन्दै बढो सुन्दर र नयाँ ढङ्गले पुस्तकको कभर देखि लिएर पुस्तक भित्रका बिभिन्न शिर्षकहरूका भित्र रहेका सुसेलीहरूलाई आकर्षक तरिकाले समीक्षा गर्नु भयो ।उहाँले आफू सन्देस बिधाको प्रवर्तक रहेको र एक बिधाको प्रबर्तकले अर्को बिधाको बारेमा चर्चा र परिचर्चा गर्नु पनि सुखद पक्ष हो भन्दै यस अवसर प्रदान गरेकोमा सुख शान्ति मिडियालाई धन्यबाद समेत दिनु हुदै ई. बेद प्रसाद गौडेललाई सुसेली श्रमाट बन्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना दिनुभयो।

यसैगरी क्रान्तिकारी रसुवाली कविले साहित्यमा विवाद गर्नेहरू कुवाबाट निस्कन नसक्नेहरू हुन् मुक्तक र गजल बिधामा भएको बिबाद अन्त्य हुनु पर्दछ भन्दै सुसेली सम्राट बनेकाेमा ई. वेदप्रसाद गाैडेललाई बधाई दिनु भएको थियो।
“बुद्ध सुसेली
सुध्द पनि सुसेली
युध्द सुसेली ।”
ईन्जिनियरिङ डिजाइन गरे झैँ सुसेली लेख्दा दिमाग चलाएर शब्दका शसक्त शील्पी देखाउनु भएकाे भन्दै बेद प्रसाद गौडेलको खुलेर प्रशंसाा गर्नु भएकाे थियाे ।
लेखक गाैडेलले सम्राट उपाधिले झनै जिम्मेवारी वाेध भऐकाे बताउँदै सुसेली विधाकाे विकास र विस्तारमा लागि पर्ने बताउनु भएको थियो ।
खसी सिकार
छैन धन गोजीमा
म त धिक्कार ।
साहित्यकार चन्द्रा न्याैपानेले ई. वेदप्रसाद गाैडेललाई सुसेलीबाटै तारिफ गर्दै कलाकारितामा जस्तै साहित्यमा पनि उत्तिकै सशक्त रूपमा उदाउनु भएकाेमा बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियोे ।
सभापति दुर्गा अधिकारी भमरकाेटेले सुसेली विधा अब नयाँ काेर्षमा प्रवेश गरेको र नयाँ काेर्षमा अझ नयाँ तहल्का मच्चाउने निश्चित भएकाे बताउनु भयाे ।
कार्यक्रम , गायक/ नायक रामशरण पाण्डे, कलाकार / निर्देशक नवीन घिमिरे, व्यवसायी / समाजसेवी टपेन्द्र के.सी. मंगल श्रेष्ठ, , सुनिता बुढाथोकी , पाैडेल, अमृता काैशल, बन्दन गाैडेल, कृश्न प्रसाद पाैडेलजस्ताघरे, सरला ओझा, सिर्जना लगायतले सुसेली वाचन गरेका थिए । पार्वती घिमिरे ७०जना भन्दा बढीको उपस्थिति रहेकाे थियाे उक्त सभ्य र भब्य कार्यक्रमकाे संचालन दामोदर ढकाल दीपकले गर्नु भएको थियो भने उक्त कार्यक्रममा विशेष योगदान पुर्याउने साहित्यकारहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

