नुवाकोट , अन्जान गुभाजु। विदुर नगरपालिका–१३, अजिङ्गरेस्थित श्री अजिङ्गरे माध्यमिक विद्यालयमा करिब ३८ वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित भई स्वेच्छिक अवकाश लिनु भएका शिक्षक रामशरण अर्यालको बिदाई तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ।

वि.सं. २०४४ साल चैत ८ गतेदेखि २०८२ साल कार्तिक ३० गतेसम्म उक्त विद्यालयमा अध्यापन गराउँदै आउनु भएका अर्यालले शिक्षण पेशालाई सेवाको रूपमा अंगाल्दै हजारौँ विद्यार्थीको शैक्षिक, नैतिक तथा जीवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको विद्यालय परिवारले जनाएको छ।

दीर्घकालीन निष्ठा, इमान्दारिता, अनुशासन र जिम्मेवारीबोधका साथ शिक्षण यात्रामा समर्पित गुरु अर्यालको योगदानको कदरस्वरूप उहाँको बिदाई तथा सम्मान कार्यक्रम मिति २०८२ साल फागुन ५ गते सोमबार आयोजना गरिनेछ।

उक्त कार्यक्रममा भूतपूर्व विद्यार्थीहरू, अभिभावक, वर्तमान विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहने जनाइएको छ। विद्यालय व्यवस्थापन समितिले सबै भूपू विद्यार्थी, अभिभावक तथा सरोकारवाला महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय