नुवाकोट /
जिल्लाको ज्येष्ठ नागरिक संरक्षण तथा अध्यान प्रतिस्ठान देविघाटमा अवस्थित आश्रममा खाद्यान्न सहयोग गरिएको छ। आफ्नो छोराको बर्तबन्धमा कार्ड छाप्ने फजुल खर्च जोगाएर अन्जान गुभाजुले बृद्व आश्रममा खाद्यान्न सहयोग गरेका हुन ।
आश्रममा आवस्यक दालचामल नुनतेल बेसार लगायतका सामग्री विदुर -१३ देउडीका अन्जान गुभाजुले सहयोग गरेका हुन भने उनको सहयोगमा साउदी अरबमा कार्यरत बिपुल ढुङाना (बिदुर-१) ले पनी साथ दिएका थिए।



