नुवाकोट /
जिल्लाको पिपलटारमा जारी “प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव २०८१” लम्बिने भएको छ। दर्शकहरूको माग र चापलाई मध्यनजर गर्दै फागुन १० गतेसम्म थप गरिएको हो।

महोत्सवमा स्थानीयबासी तथा आगन्तुकहरुको सहभागिता बढिरहेको छ, जसका कारण म्याद थप थपिएको हो। महोत्सवमा खेलकुद, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी समावेश गरिएका छन्।

आयोजकका अनुसार थपिएको अवधिभर पनि दर्शकलाई आकर्षित गर्न कार्यक्रमहरू यथावत रूपमा समावेश गरिने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय