नुवाकोट/
जिल्लाको मध्य पहाडी राजमार्ग अन्तर्गत देउडी-भर्याङ-भुरुङ खण्डको निर्माण कार्य अत्यन्त सुस्त भएको छ। ठेक्का प्राप्त गरेको मृत सञ्जीवनी जेभी कम्पनीले सम्झौता अनुसारको कार्य पूरा गर्न नसकेपछि सरकारले ठेक्का तोड्ने र कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। तर, हालसम्म कुनै ठोस कारबाही अघि बढ्न सकेको छैन।

सम्बन्धित ठेकेदार कम्पनीले सम्झौता अवधि सकिँदासमेत केवल ३०% मात्र काम सम्पन्न गरेको छ। केन्द्रीय, प्रदेश र स्थानीय सरकारको लापरवाहीका कारण उक्त सडकखण्डका देउडी, कागुने, हुलाकघर, सामरी र जोरचौतारा लगायतका क्षेत्रका स्थानीयहरू धुलो र धुवाँ खान बाध्य भएका छन्। यसले उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखा परेको छ।

स्थानीय बासिन्दाहरूले सडक निर्माण कार्य छिटो सम्पन्न गर्न माग गर्दै सम्बन्धित निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन्। सडकमा दैनिक पानी हाल्ने गाडी समेत उपलब्ध नगराउँदा यो सडक भएर यात्रा गर्ने सर्वसाधारण तथा दुईपांग्रे सवारीसाधन र स्थानीयले झनै सास्ती खेप्नुपरेको छ।

सरकारी निकायको निष्क्रियताका कारण राजमार्ग निर्माण अलपत्र परेको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय