
नुवाकोट, तारकेश्वर – सयपत्री युवा क्लब, तारकेश्वर गाउँपालिका–५, निग्लेनीमा चोक अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। स्थानीय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न अधिवेशनले पलमन तामाङलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। क्लबको नेतृत्वमा नयाँ पुस्तालाई अघि बढाउने उद्देश्यसहित ११ सदस्यीय कार्यसमिति गठन गरिएको छन।
नयाँ कार्यसमिति:
अध्यक्ष: पलमन तामाङ
उपाध्यक्ष: सोमति तामाङ
सचिव: सन्तमन तामाङ
सहसचिव: तारा माया तामाङ
कोषाध्यक्ष: बिमला तामाङ
सदस्यहरू:मोहनसिं तामाङ,रामबहादुर तामाङ,श्यामबहादुर तामाङ,शर्मिला तामाङ,धर्मसिं तामाङ,सोम माया तामाङ रहेका छन्।
कार्यक्रमका विशेष अतिथि तथा पूर्व कोषाध्यक्ष दशरथ तामाङले क्लबको वित्तीय विवरण प्रस्तुत गर्दै क्लबका विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूबारे जानकारी गराएका थिए। उनले क्लबलाई अझ संगठित, पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक उपायहरूसमेत सुझाएका थिए।
क्लबका पूर्व अध्यक्ष चन्द्रबहादुर तामाङ हाल वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकाले डिजिटल माध्यमबाट राजीनामा पत्र पेश गरेका थिए। उनले नयाँ नेतृत्वलाई क्लबको प्रगतिको लागि पूर्ण समर्थन जनाउने प्रतिबद्धता व्यक्त गर्दै बाँकी रहेका कार्य योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।
सयपत्री युवा क्लबले स्थानीय समुदायमा शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नयाँ नेतृत्व चयनसँगै क्लबले आगामी दिनमा समुदायको विकासका लागि प्रभावकारी परियोजनाहरू सञ्चालन गर्ने योजना बनाइरहेको बताएको छन्।
अधिवेशनमा गाउँका प्रतिष्ठित समाजसेवी, बुद्धिजीवी, युवाहरू र उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। करिब ५० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले क्लबको आगामी कार्ययोजनाबारे छलफल गरेका थिए।
नवनिर्वाचित अध्यक्ष पलमन तामाङले क्लबको ऐतिहासिक भूमिका स्मरण गर्दै स्थानीय युवालाई सशक्त पार्न, समाजसेवाका नयाँ कार्यक्रम ल्याउन तथा क्लबको संगठनलाई अझ बलियो बनाउन आफू प्रतिवद्ध रहेको बताए।”सयपत्री युवा क्लबलाई विकास, समाजसेवा र युवाको हकहितको बलियो थलो बनाउन म र मेरो टिमले पूर्ण प्रतिबद्धताका साथ काम गर्नेछौं,” उनले भने।
अधिवेशन समापनअघि विभिन्न अतिथिहरूले नयाँ कार्यसमितिलाई उज्यालो भविष्यको शुभकामना दिएका थिए। साथै, पुराना कार्यसमितिका सदस्यहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको अनुभवलाई मार्गदर्शनको रूपमा उपयोग गरिने कुरा नव-निर्वाचित टोलीले व्यक्त गरेको थियो।