नुवाकोट/
जिल्लामा युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् ।उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।

१२ मंसिरमा पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए।

उनले सामाजिक सञ्जालमार्फत एक युवतीलाई साथी बनाएका थिए। त्यसपछि विवाह गर्ने भन्दै ती युवतीसँग भिडियो कल गर्ने र गोप्य अंगहरु देखाउन लगाउने गरेका थिए।

पछि सम्बन्ध बिग्रिएपछि रेकर्ड गरेर राखिएका युवतीका नग्न भिडियो र फोटोहरू उनका आफन्तलाई पठाएको आरोप लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x