काठमाडौ /
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले कार्तिक २४ गते शनिबारका दिन नेपाल प्रज्ञा परिषदको लेखनाथ कक्षमा ‘सगरमाथा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न गरेको छ।
प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता तथा साहित्यकार कलानिधी ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा साहित्य लगायत समाजसेवा र पर्यावरणको क्षेत्रमा अतुलनीय योगदान दिनुहुने मूर्धन्य व्यक्तित्वहरू काठमाण्डौका हरिभक्त सिग्देल, काठमाण्डौ सॅाखुका अभागी मानन्धर, सोलुखुम्बुकी डा. रेनुका सोलु, नेपालगन्जका हेमन्तराज काफ्ले तथा इलामकी ज्योति जंगललाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानका नेपाल शाखा अध्यक्ष बुद्विबल श्रेष्ठको अध्यक्षतामा शाखाका उपाध्यक्ष भैरवी भुगोलद्वारा संचालित उक्त कार्यक्रममा नेपाल शाखा इन्चार्ज अमन एकलले अतिथिहरूलाई स्वागत मन्तव्य राखेका थिए।
प्रतिष्ठानका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले संस्था स्थापना भएदेखि हालसम्म गरेका साहित्यिक, सामाजिक लगायतका कार्यहरूको फेहरिस्त प्रस्तुत गर्नुका साथै संस्थाको आगामी कार्य योजना बारे जानकारी गराएका थिए।