नुवाकोटका कलाकारहरूलाई एकताबद्ध गर्ने उद्देश्यले नुवाकोट कलाकार समाज को औपचारिक गठन गरिएको छ। बालाजुस्थित भ्याली कोल्डस्टोर मण्डला क्याफेमा आयोजित बैठकले समाजको नामाकरण गर्दै प्रचण्ड बाबु राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
कलाकारहरूको हकहित, सांस्कृतिक संरक्षण र कलाको प्रवर्द्धन गर्ने मुख्य ध्येयसहित समाज गठन गरिएको हो। यस समितिले नुवाकोट क्षेत्रका कलाकारहरूको सिर्जनशीलता, अवसर र सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्य राखेको छ।


समितिको नेतृत्वमा चयन गरिएका पदाधिकारीहरू यस प्रकार छन्:
• अध्यक्ष: प्रचण्ड बाबु राई
• उपाध्यक्ष: रामचन्द्र रिमाल
• सचिव: सुनिल थापा मगर
• कोषाध्यक्ष: लक्ष्मी स्याङ्ताङ
सदस्यहरू:
• प्रविन डंगोल
• साहस शाक्य
• सुजित श्रेष्ठ
• धुर्ब तमाङ
• पवित्र गुरुङ
• शैलेन्द्र शाही
• सन्तोषी कार्की
• सन्दिप सिंह थिङ
• प्रेम राई
कानुनी सल्लाहकार:
• गोकर्ण पुडासैनी
सल्लाहकारहरू:
• दामोदर खतिवडा
• उसनमान श्रेष्ठ
• पुरुषोत्तम डंगोल
बैठकमा उपस्थित सल्लाहकारहरूले कलाकारहरूको हकअधिकारका लागि समाजले महत्वपूणर् भूमिका खेल्नेमा विश्वास व्यक्त गर्दै नवगठित कार्यसमितिलाई आगामी दिनमा आवश्यक सहयोग र मार्गदर्शन गर्ने प्रतिबद्धता जनाए।
समाजले नुवाकोटमा रहेका कलाकारहरूको प्रवर्द्धन गर्न, तिनीहरूको सिर्जनशील क्षमतालाई उजागर गर्दै विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गर्ने योजना अघि सारेको छ।
