काठमाडौमा जारी काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको भलिबल कभर्ड हलमा शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ३-२ को सेटमा हराउँदै ऐतिहासिक जित दर्ता गरेको हो।
नेपालले भारतलाई २५-१८, १२-२५, २५-१७, २५-१८ र १५-१३ ले हरायो। यससँगै सन् २०२९ मा घरेलु मैदानमा भएको १३औं सागको फाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ।