आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए।
उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् ।उनी धार्मिक भेषमा हिँड्ने गरेका थिए।


