काठमाडौ /
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन्।
मंगलबार बिहान बदलिएको राजनीतिक समीकरणतर्फ संकेत गर्दै सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति कटाक्ष गरेका हुन्।


उनले एक चर्चित भनाइ उल्लेख गर्दै लेखेका छन्, ‘केहीलाई सधैंभरी ठग्न सकिन्छस सबैलाई केहीबेर ठग्न सकिन्छस तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’
सोमबार मध्यराती सवा १२ बजे काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।
