नुवाकोट/

जिल्लाको म्यागङ -५ सामरी काप्रेबासकातेक्वान्दो खेलाडी अनिल राज शाक्यले भारतमा जारी अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेको छ।

शाक्यले भारतको गोवामा जुलाई ११ देखी जुलाई २३ सम्म भएको सातौ एसिया अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगिताको पुम्से विधाको ३०-४०वर्ष समुहमा स्वर्ण पदक जितेका हुन्। उनले भारतीय खेलाडीलाई हराउदै स्वर्ण पदक चुमेका हुन् । उक्त बिधाको शिल्भर पदक नेपाली खेलाडी बिष्णु खत्री र कास्य पदक भारतीय खेलाडीले जितेका छन् ।

शाक्य म्यागङ -५को सामारी तेक्वान्दो डोजाङको प्रमुख समेत रहेका छन्। उनको पहलमा पछिल्लो पटक सामरीमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन भएको थियो।

उक्त प्रतियोगिताको ग्रुप पुम्सेमा नुवाकोट सुजन मोक्तान गोल्ड मेडल र ६८ केजि मुनी केरुगीमा कास्यपदक जित्न सफल भएका छन् ।

नेपाल ,भारत ,वङलादेश लगायत ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी टोली सहभागी रहेको थियो भने टोलीको टिम म्यानेजर रन्जन तामाङ र विक्रम श्रेष्ठ तथा टिम प्रशिक्षक अनिल राज शाक्य र शेख अवदुल्ला रहेका थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय