नुवाकोट /
जिल्लाको विदुर -५ पिपलटारमा १८ औं मह दिवस मनाइएको छ। आधुनिक माैरी फार्म तथा घार उधोग बिदुर -५ पिपलटारको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

विदुर -५ का वडा अध्यक्ष लिला नाथ न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रमकाअ अन्य अतिथिहरु कृषि विकास कार्यालयका प्रमुख केसब खनाल, उधोग तथा बाणिज्य कार्यालय नुवाकोटका प्रमुख किसोर सापकोटा, कृषि विकास शाखा बिदुर का सन्तोष थपलिया,च्वाडि उ.मा. बि. का प्र.अ. द्वारिका प्रसाद पाण्डे, गुडविल एकेडेमीका प्रिन्सिपल रामराजा कुमाल, नेपाल मौरी पालक माहासंघ नुवाकोट शाखाका वरिष्ठ उपाध्यक्ष बेलबहादुर बोगटी लगायतले नुवाकोट जिल्लामा यस्ता कार्यक्रमले व्यवसायिहरुलाई थप हौसला मिल्ने बताएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिला नाथ न्यौपानेले कृषिमा विकास र कृर्षकको हितमा कार्य गर्ने वडालाइ समृद्ध ,वडा बनाउने,कृषकलाई सम्मान गर्नेकुरामा वडा कहिले पछि नपर्ने र कृषिलाइ प्राथमिकतामा राख्ने कुरा व्यक्त गरेका थिए।

फर्मका प्रोपाइटर लक्ष्मी अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन भिमप्रसाद अधिकारीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय