नुवाकोट /
जिल्लाको तारकेश्वर गाउँपालिका घर भएका सुन्जित तामाङलाई प्रेस सेन्टर नेपाल साउदी अरब शाखाको प्रथम भेलाले अध्यक्षतामा सर्व-सहमत चयन गरेको छ।
१५ मार्च २०२४ शुक्रबारका दिन साउदी अरबको राजधानी रियाद स्थित होटेल दिमोराको सभा-हलमा भएको प्रथम भेलाले ११ जनाको सदस्यता सहित तामाङलाई सर्व-सहमत चयन गरिएको थियो।


प्रेस सेन्टर नेपाल प्रवास समितिका केन्द्रिय सदस्य युवराज कार्कीको सभापतित्व र प्रेस सेन्टर नेपालका कन्द्रिय अध्यक्ष विष्णु सापकोटा (जुगल) को प्रमुख अतिथ्य तथा प्रेस सेन्टर नेपालका केन्द्रिय महा-सचिब- सन्तोस पौडेल ,प्रवास समिती ईन्चार्ज- आर बि खाड्का, प्रवास समिती अध्यक्ष -हरी नेपाली , प्रवास समिती सचिब तथा मध्य पुर्व ईन्चार्ज मेघराज सापकोटाको विशिष्ट अतिथ्यमा प्रथम भेला सभ्य अनि भव्य तरिकाले सम्पन्न भएको थियो।
नेपाली एकता समाजका केन्द्रिय सचिव खुमिराम भन्डारी,प्रवासी नेपाली एकता मन्च अन्तरास्ट्रिय समन्वय समिती सदस्य बिमल गौतम, नेपाली जनप्रगतिशिल मंच साउदी अरबका सचिव गंग गोदार,अन्न पूर्ण पोष्ट दैनिकका गल्फ सम्पादक बिष्णु घिमिरे,अन टाईम टिभिका प्रबन्ध निर्देशक राज चेम्जोङ लिम्बु, एन ए मिडियाका प्रबन्ध निर्देशक श्री कृष्ण श्रेष्ठ लगायत अन्य व्यक्ति हरुको उपस्थित रहेको थियो।
शुभकामना तथा मन्तव्य राख्ने क्रममा साउदी अरबमा प्रत्रकारिता गर्न व्यक्तिगत जोखिम मोलेर गर्नु पर्ने बाध्यतालाई प्रेस सेन्टर नेपाल शाखा स्थापना गरेर सहज बनाईएको बताउनु भएको थियो।
कोहि कसैको दबाब र अभाबमा नपरेर पत्रकारिता गर्न पाउनु प्रेस स्वतन्त्रताको हक अधिकार रहेको भए तापनि साउदी अरबमा सत्य तथ्य प्रसारण गर्न पनि नेपाली समाजमा नेपाली हरुकै धाक धम्कीले गर्दा प्रसारण गर्न सक्ने वातावरण नभएको बताउनु भएको थियो साथै व्यक्तिगत इगो नराखी ,तिमि साउदी अरबमा छौ बिचार गर है जस्तो शब्द प्रयोग नगरी साउदी अरब रहेका नेपाल समाजका विभिन्न वव्यक्तिहरुले नेपाली श्रमिकहरुको हकहितको लागि काम गरिरहेका नेपाली पत्रकारहरुलाई साथ सपोर्ट गर्नु पर्ने बताउनु भएको थियो ।
प्रेस सेन्टरको कार्य विधि विधानलाई आत्मसात गरेर कोहि कसैको दबाबमा नपरेर बिगतका दिनमा भन्दा अझ शसक्त रुपले नेपाली श्रमिकहरुको हक हितको लागि पत्रकारिता गर्ने प्रतिबद्दता नव निर्बाचित अध्यक्ष सुन्जित तामाङ ले गर्नु भएको थियो।
विगत ६/७ वर्ष देखि साउदी अरबमा रहेर नेपाली श्रमिकहरुको अवाज विहिन हरुको अवाज बन्दै आइरहेको छु -तामाङ ले भने, नेपाली समाजमा रहेका धेरै विकृति , सोझा सिदा नेपालीहरुलाई विभिन्न बहानमा नेपाली हरुले नै ठगेका कुराहरु लाई प्रमाण भेटेको खण्डमा जो कोहिलाई पनि नछाड्ने बताउनु भएको थियो।
प्रथम भेलाले निर्वाचित भएका ११ जना सदस्यहरु सहितको नामावाली निम्नानुसार छन ।
१) अध्यक्ष = सुनजित तामाङ (रियाद)
२) उपाध्यक्ष = प्रकाश कार्की (रियाद)
३) सचीव = दिपेन्द्र गौतम (हाएल)
४) सहसचिव = शिबराज बिक (देब) जुबेल
५) कोषाध्यक्ष = सुनिल सेन्चुरि ( जुबेल)
सदस्यहरु :-
१) बिक्रम शेर्पालि
२) जिबन गुरुङ
३) देबन थापा
४) बाबुलाल क्षेत्री (डिबि)
५) सुरज तिवारी
६) दुर्गा गुरुङ
