नुवाकोट /
जिल्लाको विदुर नगरपालिकामा शुरु भएको विदुर मेयर कप फुटवल प्रतियोगितामा म्यागङ गाउँपालिकाले विजयी शुरुवात गरेको छ।

आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा घरेलु टोली विदुर नगरपालिकालाई अन्तिम क्षणमा स्तब्ध पार्दै म्यागङ गाउँपालिकाले विजयी शुरुवात गरेको हो।

म्यागङ गाउँपालिकालाई जिताउन खेलको दोस्रो हाफमा जर्सी नम्बर १० का तेजवहादुर घलेले गोल गरेका थिए ।

समुह सि मा तीन अंक जोड्दै म्यागङ शीर्ष स्थानमा उक्लिएको छ।

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाप्त गर्ने छन।

प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय