आज २०८० साल माघ ६ गते शनिबार तदनुसार सन् २०२४ जनवरी २० तारिख। आज भरुणी नक्षत्र र मेखमा चन्द्रमा रहेका छन्।

मेष: विद्या र बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यसिद्धि हुने अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मिथुन: घरमा अतिथिको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहनेछ। नयाँ कार्यको थालनी होला।

सिंह: छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला: मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। बौद्धिकताको विकास हुनेछ।

धनु: आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

कुम्भ: महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।

वृष: प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला।

कर्कट: नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

कन्या: आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ।

वृश्चिक: कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। प्रेममा मधुरता पनि छाउनेछ।

मकर: आज अनावश्यक यात्रा हुनसक्छ। पारिवारिक झमेला रहला। राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ।

मीन: आज आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय