नुवाकोट /
‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले उनलाई काठमाडौं नजिकबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रवक्ता एसपी नवराज अधिकारीले ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ गरेको जानकारी दिए।

लामो समयदेखि प्रहरीको नजरमा लुक्दै आएका तपस्वीलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो।

बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो। प्रहरीको नजरमा उनी २०७६ सालदेखि नै फरार रहेका थिए।

आफ्नै अनुयायीलाई यौनशोषण गरेको आरोप लागेपछि २०७७ साल माघमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो। बारा जिल्लाको निजगढ नगरपालिका – १२ ठेगाना भएका तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न त्यतिबेला सिन्धुलीस्थित आश्रममा पुग्दा फेला परेका थिएनन।

प्रहरीले त्यतिबेला सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित बोधी–श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर दिनभर खोजतलास गरेको थियो।

बम्जनविरुद्ध यौनहिंसाको जाहेरी परेकाले खोजी भइरहेको प्रहरीले जनाएको थियो। ‘लामो समयदेखि फरार थिए आज मंगलबार फेला परेका छन’, सिआइबीका प्रवक्ता एसपी अधिकारीले भने।
यो समाचार नागरिक न्युजमा टपेन्द्र कार्कीले लेखेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय