• असोज २८, २०८३ बुधबार
    14 Oct, 2026, Wednesday

    घाँटीमा सुन्तलाको केस्रा अड्किएर एक बालकको मृत्यु


    २०८० मंसिर ७, बिहिबार

    २०८० मंसिर ७, बिहिबार

    गुल्मी/
    जिल्लामा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ।

    जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

    मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएकी कोपिला छोरासँगै तम्घास मिलनचोकस्थित भाडाको कोठामा बस्दै आएकी थिइन्।

    आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएर श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो।

    अस्पताल लगिएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो।रासस

    मिल्दो जुल्दो खबर