
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्ने छ। परिवारमा सुख सन्तोष पनि छाउला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। विद्या र बुद्धिको विकास पनि हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। राजनैतिक कार्यमा सफलता मिल्ने छ, तर काम क्रोध पनि बढ्न सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै कुराले मनमा शान्ति छाउनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ने छ। परिश्रम गर्दा बढी धनार्जन हुनेछ। लाभदायक यात्रा पनि रहला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रमणीय र सुखद् यात्राको योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दैनिक कार्यमा प्रगति हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ ।अरुलाई प्रभावित पारेर काम बन्ने छ। नसोचेको ठाउँबाट धनागमको हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।सानातिना समस्यामा अल्झनु पर्नेछ। सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ। मित्रबाट विशेष सहयोग मिल्ने छ। दिनको उत्तरार्ध सुखद् रहनेछ, तर घर जग्गाको कारोबारमा नोक्सानी हुनसक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रणय सम्बन्धमा सफलता पाउने समय रहेको छ। एउटै कामबाट दोहोरो लाभ मिल्ने छ। सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
लाभ–हानी, सुख–दुःख, बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
गरेको कार्यमा सफलता मिल्ने छ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। विद्यामा पनि सफलता पाइनेछ।