दोलखा/
जिल्लाको विगु गाउँपालिका -७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।आइतबार दिनभरको अविरल वर्षा पछि आएको पहिरोमा परेर उनिहरु बेपत्ता भएका हुन।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले विगु ७ मा गएको पहिरोले गाउँको तिनपाटे पाखामा निउरो टिप्न गएका दुई जनालाई बगाएर अम्माडोल खोलामा पुर्याएको र उनीहरु हराइरहेको खबर प्रशासनलाई आएको बताए।
‘केही बेर अघिको घटना हो’ उनले भने, ‘गाउँबाट खबर आउनेबितिकै सुरक्षाकर्मीको टोली परिचालन गरिसकेको छु।’
वडा कार्यालयका सहायक राजन बस्नेतले घटनामा परी निउरो टिप्न गएका स्थानीय निमदोर्जे शेर्पा र उनका अन्दाजी ८ वर्षका छोरा हराएको बताए।
निउरो टिप्दै गर्दा पहिरोले लतारेर अम्माडोल खोलामा पुर्याएको र उनीहरु हराएको बस्नतले सुनाए। नजिकका गाउँलेले देखे पछि घटनाबारे थाहा भएको र आफूहरु त्यस तर्फ गइरहेको उनले बताए।