नुवाकोट/ बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा ४ वर्षीय रिजन जागरीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीकाअनुसार आइतबार राति सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको थियो ।

पहिरोमा परी अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।

पहिरोमा पशुचौपाया पनि पुरिएका छन् । घर पछाडिबाट खसेको पहिरोमा घर पूर्ण रूपमा पुरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय