गायक राजु खड्काको २५ औं जन्मदिनमा: बेजोड संगीतिक कार्यक्रम २०८० ज्येष्ठ ६ गते

समाचार

काठमाडौ /
बिगत दुई दशक भन्दा लामो समयदेखि गित संगीतमा संघर्ष गर्दै आइरहनु भएका चर्चित संगीतकार गायक अनि संगीत संयोजक राजु खडकाको २५ औ वसन्त पारको खुशियालिमा बेजोड संगीतिक कार्यक्रम हुने भएको छ।

राजु खड्काको अथक सङगितिक यात्रा तथा सम्मान कार्यक्रममा चर्चित तामाङ म्हेन्दोमाया कलाकार र नेपाली लोक दोहोरी पप सेलो आधुनिक कलाकारहरुको बेजोड संगीतिक कार्यक्रम २०८० राष्ट्रिय नाचघर जमल काठमाण्डोमा हुने भएको हो।

उक्त कार्यक्रम भोलि जेष्ठ ६ गते भव्यताका साथ सम्पन्न हुन लागेको हो।

हाल सम्म १२०० सय भन्दा बढी संगीत संयोजक गर्नु भएका संगीतकार खड्काले २०० वटा जत्ती गितहरुमा आवाज भरेका छन भने दुइटा नेपाली फिल्म को निर्देशन गर्नु भएका छन ।

मैना चरी र उस्ताद जि हालै छायांकन सम्पन्न गरि प्रदर्सनको तयारीमा रहेको नेपाली चलचित्र उस्ताद जि फिल्मको ट्रेलर समेत रिलिज गर्ने कार्यक्रम तथा उहाले उत्पादन गरेका आफ्ना चेला तथा अग्रजहरुलाइ सम्मान कार्यक्रम समेत रहेको छ भने कार्यक्रमका प्रमुख अतिथी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *