दाईसंग बिवाह, देवरसंग शारीरिक सम्पर्क !

ताजा समाचार राष्ट्रिय खबर समाचार

महोत्तरी /
भाइको फोटो देखाएर दाइसँग विवाह। यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ ।तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ।

सुन्दा आङै जिरिङ हुन्छ। लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए।

जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् ।उनको जीवनमा अर्को बज्रपात आइलाग्यो। आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए।

गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो।

विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए ।
किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन्। फोटोमा देखिएको व्यक्ति त देवर परेछन्। ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन्।

यातनाको अर्को शृङ्खला सुरु भयो। ‘देवरसँग यौन सम्पर्क गर्नुपर्ने।

‘जे भयोभयो भनेर चित्त बुझाउँदै थिएँ नन्द तुलसीकुमारीले देवरसँग सुत भन्न थाल्नु भो।’ किशोरीले रुँदै भनिन् ‘म मानिनँ नन्द र सासुले मुखमा कपडा कोचेर राति राति कुट्न थाले।’

घर परिवारको दबाब भन्दै देवर शैलेन्द्रले पनि आमा समानकी भाउजूको अगाडि राक्षसी रूप देखाए। ‘धेरैपटक देवरले मलाई करणी गरे,’ किशोरीले भनिन्।

शैलेन्द्रले किशोरीमाथि जर्बजस्ती करणी जारी राखेपछि स्थानीय बुद्धिजीवी र प्रहरीको रोहबरमा इलाका प्रहरी कार्याल गौशालामा छलफलमा बसे। छलफलले किशोरीलाई शैलेन्द्रसँग विवाह गराउने निर्णय ग¥यो। ‘यस विषयमा धेरैपटक छलफल भएपछि अन्तिममा देवर शैलेन्द्रसँग विवाह किशोरीको विवाह गराउनेमा समाज राजी भयो,’ प्रहरी निरीक्षक मनोजकुमार यादवले भने।

घरको आर्थिक अवस्था कमजोर रहेको तर हुनेवाला ज्वाइँको खान्दान धनी भएकाले १ लाख रुपैयाँ ऋण खोजेर छोरीको विवाह गरेको पीडित किशोरीकी बाबु सुरदेव पुर्वेले बताए। विवाह अगाडि सम्धी रामचन्द्र साहले कान्छा छोरा शैलेन्द्रको फोटो देखाएकाले आफु छोरीको विवाह गर्ने राजी भएको भन्दै पूर्वे भन्छन्, ‘छोरीको विवाहमा म कामका लागि पञ्जाब गएको थिएँ घर आएपछि थाहा पाएँ छोरीमाथि यत्रो धोका भएको रहेछ ।’

यो खबर आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *